सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. महेन्द्रनगर शाखाले बीमा दाबीबापत ४ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी गरेको छ।
कम्पनीले कञ्चनपुर वेदकोट न.पा. ३ निवासी बीमित स्व. मोहन चौधरीकी श्रीमती सरिता चौधरीलाई सो रकम लकडाउनका कारण कुनै पनि दाबी भुक्तानी कार्यक्रमको आयोजना गर्न नमिल्ने हुनाले इ–बैंकिङ सेवा प्रयोग गरी सिधै निजको बैंक खातामा जम्मा गरेको हो।
बीमितले २२ महिनाअगाडि मात्र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा २ लाखको बीमा गरेका थिए। बीमितले अहिलेसम्म जम्मा २ किस्ता गरी ३२ हजार ४ सय ९० रुपैयाँ कम्पनीलाई बुझाएका थिए। बीमितको मोटरसाइकल दुर्घटनाका कारण यही जेठ ५ गते निधन भएको थियो।
मृतकको श्रीमती र दुई नाबालक छोराहरु छन्।
सो रकमले परिवारका आश्रित सदस्यहरुको स्तरीय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवम् अन्य सामाजिक कार्य गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए।

प्रतिक्रिया