कारोबार


अमेरिकामा रहेका नेपालीको कम्पनी सगुनको दोस्रो चरणको सेयर निष्काशन

अमेरिकामा रहेका नेपालीको कम्पनी सगुनको दोस्रो चरणको सेयर निष्काशन

नेपालखबर
जेठ १९, २०७७ सोमबार ६:३४,

अमेरिकामा रहेका नेपालीहरुको एक समूहले स्थापना गरेको सामाजिक इ–कमर्स स्टार्टअप कम्पनी सगुनले विश्वभरबाट लगानी जुटाउन अर्को चरणको सेयर निष्काशन गरेको छ।

अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसईसी)ले केही समयअघि सगुनको विवरणपत्रलाई बिक्रीयोग्य तोकेको थियो। सगुनले यस चरणमा ‘ग’ श्रेणीको साधारण सेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ।

सगुनको सेयरमा विश्वभर रहेका सर्वसाधारणले कम्तीमा ३० कित्ता सेयर अर्थात् ९ सय डलरको सेयर खरिद गर्न सक्नेछन्। कम्पनीले उक्त सेयर सीमित समयका लागि पहिले आवेदन गर्नेले किन्न पाउने गरी निष्काशन गरेको हो।

सगुनले सन् २०१७ मा यसको पहिलो ‘रेज ए प्लस’ मिनी आइपीओ प्रतिकित्ता २३ डलरका दरले निष्काशन गरेको थियो। त्यतिखेर सगुनको सेयरमा विश्वभरबाट ४ हजारभन्दा बढी लगानीकर्ताले ४६ लाख डलर लगानी गरेका थिए। पहिलो चरणमा लगानी जुटाएपछि सगुनले निकै फड्को मारेको कम्पनीको दाबी छ।

यसले मोबाइलको एन्ड्रोइड प्लेटफर्ममा सगुन लाइट, एप्पलको आइओएस प्लेटफर्म र एन्ड्रोइडमा सोसियल स्मार्ट कार्ड तथा वेब ब्राउजरहरुका लागि वेब एप्लिकेसन सार्वजनिक गरेको छ।

‘हामी विश्वभरका लगानीकर्ताहरुबाट पाएको सहयोग र विश्वासले उत्साहित र गौरवान्वित भएका छौं। उहाँहरुले सगुनलाई फरक खालको अर्थपूर्ण सामाजिक सम्पर्क माध्यम बनाउन हामीले देखेको सपनालाई विश्वास गर्नुभएको छ’, सगुनका संस्थापक गोविन्द गिरीले भने।

सगुनमा विश्वभरबाट ५६ लाखभन्दा बढी प्रयोगकर्ता जोडिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad