ad ad

कारोबार


ग्राहक आफैंले अनलाइनबाट विद्युत् मिटर रिडिङ गर्न सक्ने

ग्राहक आफैंले अनलाइनबाट विद्युत् मिटर रिडिङ गर्न सक्ने

नेपालखबर
जेठ १८, २०७७ आइतबार ७:४४,

कोभिड—१९ रोकथाम र नियन्त्रणका जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटरमा उठेको विद्युत खपतको अंक राख्न पाउने व्यवस्था गरेको छ।

इन्टरनेट सुविधा नभएका ग्राहकहरुलाई पनि टोलफ्रि नंम्बरमा फोन गरी विद्युत खपतको मिटर अंक टिपाउन सक्ने व्यवस्था छिट्टै गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस प्रणालीमार्फत मिटर आफ्नो घरको मिटर रिडिङ गर्न ग्राहकले इन्टरनेट ब्राउजरको एड्रेसबारमा कन्जुमर डट एनइए डट ओराजी डट एनपी टाइप गरी इन्टर हानेपछि होमपेज खुल्नेछ । त्यसपछि ग्राहकले पहलो पटक रजिष्टेशन गर्नुपर्नेछ। रजिष्ट्रेशन गर्दा युजरनेममा ग्राहकले आफ्नो मोबाइल नम्बर र पासओर्ड राख्नु पर्नेछ ।

पहिलोपल्ट लगइन गरिसकेपछि रजिष्टेशन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइन गर्न सकिने छ ।

त्यसपछि एड कन्जुमर बटम क्लिक गरी खुल्ने कन्जुमर रजिष्टेशन फारममा दिइएको निर्देशनअनुसार ग्राहक विवरण भरी दर्ता गर्नुपर्नेछ।

पहिलोपल्ट विवरण भरेपछि अर्कोपल्ट प्रयोग गर्दा पुनः भर्नुपर्ने छैन । त्यहाँ देखाउने ग्राहकको सूचीमा आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्रि फारममा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अंक ‘करेन्ट मिटर रिडिङ फिल्ड’मा टाइप गरी बुझाउनु पर्नेछ।

मिटरको अंक देखिने गरी फोटो खिची ब्राउज बटम क्लिक गरी फोटो अपलोड गरेर पनि पठाउन सकिने छ । यति गरेपछि खपत भएको विद्युतको महसुल देखाउने । महसुल विभिन्न अनलाइन भुक्तानीका लागि अनुमतिप्राप्त सेवा प्रदायकमार्फत तिर्न सकिने छ ।

ग्राहकले अनलाइन मिटर रिडिङ प्रणालीमा विद्युत खपतको वास्तविक अंक राख्नु पर्नेछ । यदि हालिएको अंकमा कुनै दुरुपयोग भए विद्युत् वितरण विनियमावलीमा भएको व्यवस्थाअनुसार कारबाही हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले प्रष्ट पारेको छ ।

प्राधिकरण कम्प्युटराइज्ड विलिंग महाशाखाकाअनुसार यो प्रणाली शुरु गरिएपछि करिब २५ हजार ग्राहकहरुले सुरु रजिष्टेशन गराएका छन् । ८ हजार ग्राहकले आफैं आफ्नो विद्युत मिटरमा चढेको अंक प्रणालीमा राखि समयमै रिडिंग गराई अनलाइनमार्फत महशुल भूक्तानी गरी छुट सुविधा लिएका छन् ।

प्राधिकरणले ग्राहक सेवालाई थप प्रभावकारी बनाउन २ वर्ष अघिदेखि अनलाइनमार्फत विद्युत महशुल भूक्तानी गर्ने सकिने व्यवस्था गरेको हो । हाल सात लाखभन्दा बढी ग्राहले अनलाइन मार्फत महसुल भुक्तानी गर्दै आएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .