ad ad

समाज


पाकिस्तानले आतंकवादी सकिएपछि सलह फट्यांग्रा भारत पठायोः भारतीय पत्रकार गोस्वामी

पाकिस्तानले आतंकवादी सकिएपछि सलह फट्यांग्रा भारत पठायोः भारतीय पत्रकार गोस्वामी

नेपालखबर
जेठ १८, २०७७ आइतबार ७:३५,

भारतमा यतिबेला सलह फट्यांग्राको आतंक मच्चिएको छ। सलह फट्यांग्रालाई संयुक्त राष्ट्रसंघले प्रकोप भन्ने गरेको छ।

यो फट्यांग्राले खाद्यबालीमा ठूलो हानी पुर्याउँछ जसले देशमा भोकमरीको अवस्था सिर्जना गर्नसक्छ।

गोस्वामीले रिपब्लिट टेलिभिजन कार्यक्रममै पाकिस्तानले भारतमा आतंक मच्चाउन सलह फट्यांग्रा पठाएको आरोप लगाएका छन्।

उनले कार्यक्रममै पाकिस्तानी आतंकवादी भारतले सबै समाप्त गरिदिएपछि पाकिस्तानले विकल्प स्वरुप खतरनाक फट्यांग्रा भारत पठाएको बताएका छन्।

(भिडियो)

सलह फट्यांग्रा अफ्रिका, इरान, पाकिस्तान हुँदै भारत प्रवेश गरेको हो। यस फट्यांग्राले राजस्थान, गुजरात र महाराष्ट्रमा ठूलो क्षति पुर्याएको छ र यो दिल्लीतर्फ अगाडि बढेको भारतीय संचारमाध्यमले जनाएका छन्।

सलह सबैभन्दा विध्वंसकारी किरामा पर्छ। यसले सबै प्रकारका बाली खाने गर्छ। सलहको एउटा ठूलो समूहले एकै दिनमा ३५ हजार मानिसले खाने जति खान्छ।

हाल गोस्वीको अभिव्यक्तिलाई लिएर मानिसहरुले उनको आलोचना गरिरहेका छन्। विज्ञहरुले उनका भनाइ गलत भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .