ad ad

कारोबार


११ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

११ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

नेपालखबर
असार २७, २०७६ शुक्रबार १०:२८,

 राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८४ ‘ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्ने भएको छ। ऋणपत्र खरिदका लागि बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन पाउने राष्ट्र बैंकले जनाएको छ।

विकास ऋणपत्र २०८४ ‘ग’ आठ वर्ष अवधिको रहेको छ भने ११ अर्ब रुपैयाँ निष्काशन हुनेछ। ऋणपत्र बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। उक्त ऋणपत्र धितोकोरुपमा समेत प्रयोग हुनेछ र यसलाई धितो राखी कर्जा लिन र दिन पाइनेछ।  ऋणपत्रको बोलकबोल आगामी २९ गतेका दिन अपराह्न ३ः०० बजेसम्ममा हुनेछ। बोलपत्रपश्चात् ३० गते निष्काशन हुनेछ। यसको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ। इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्नेछन् भने प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८० र २० प्रतिशत अर्थात ८ अर्ब ८० करोड र २ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ। ब्याजदर र बाँडफाँटमा बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो ब्याजदर र सो  ब्याजदरभन्दा मुनिका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनेछ। 

त्यस्तै राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन्। त्यस्तै, प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ। इच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्नेछन्। अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नुपर्नेछ । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिनेछ।

त्यस्तै राष्ट्र बैंकमा खाता नभएका बोलवालाहरुले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हुने अर्नेष्टमनिबापतको रकम यस बैंकमा रहेको खाता नं. १२०००००–०१५–११५–५२४ मा जम्मा गरेको सक्कल भौचर विभागमा २९ गते दिनको ३ः०० बजेभित्र पेश गर्नु पर्नेछ । अस्वीकृत बोलवालाहरुको अर्नेष्टमनी बापतको रकम यससम्बन्धी निर्णय भएको मितिले ७ दिनभित्र बिना ब्याज फिर्ता हुने  राष्ट्र बैंकले जनाएको छ। प्राप्त बोल आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार यस बैंकको खुला बजार संचालन समितिलाई हुने र ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .