ad ad

कारोबार


पर्यटन क्षेत्र पूर्वाधार विकासको लागि १ अर्ब २६ करोड

पर्यटन क्षेत्र पूर्वाधार विकासको लागि १ अर्ब २६ करोड

नेपालखबर
जेठ १५, २०७७ बिहिबार ११:३५,

सरकारले पर्यटन क्षेत्र पूर्वाधार विकासको लागि १ अर्ब २६ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै एक प्रदेश एक पर्यटकीय गन्तव्यको आधारमा ठूला गन्तव्य निर्माण गरिने बताएका छन्।

कोरोनाका कारण जोखिममा परेको पर्यटन क्षेत्रलाई पुनरुत्थानको लागि कर र ब्याजमा सुविधा उपलब्ध गराइनेछ। पर्यटन विश्वविद्यालयको सम्भाव्य अध्ययन गर्दै माध्यमिक तहभन्दा माथिको विषयमा पर्यटन विषय समावेश गरिनेछ।

रारा ताल क्षेत्रको विकास गरी पहाडी क्षेत्रमा हिल स्टेसन निर्माण गरी होटल निर्माण गर्न प्रोत्साहन गरिने भएको छ।

कोभिड १९ पछि पर्यटककीय चहलपहलको लागि राष्ट्रसेवक कर्मचारीलाई आन्तरिक पर्यटन देश दर्शन गर्न प्रोत्साहित गरिनेछ।

सरकारले बजेटमा पर्यटन क्षेत्रको पुनरुत्थानको लागि ५ प्रतिशतमा सहुलियत ऋण दिने व्यवस्था गरेको छ।

कोभिड १९ का कारण पर्यटन श्रमिकसहितलाई ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्बको कोष निर्माण गरिने भएको छ।

कोभिड १९ को प्रभाव परेका व्यवसायीहरुलाई ५ प्रतिशतसम्म सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको अर्थमन्त्रीले बताएका छन्। त्यसको लागि १ खर्बको पुनर्कर्जा कोष स्थापना हुने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .