कारोबार


आधा पनि खर्च भएन विकास बजेट, राजस्व संकलनले भेटेन लक्ष्य

आधा पनि खर्च भएन विकास बजेट, राजस्व संकलनले भेटेन लक्ष्य

नेपालखबर
साउन १, २०८३ शुक्रबार ११:०, काठमाडौँ

गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको लक्ष्यअनुसार राजस्व संकलन हुन सकेन। 

असार ३२ गतेसम्ममा सरकारले लिएको लक्ष्यको ८३.५१ प्रतिशत कुल राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ। 
सरकारले गत आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब राजस्व उठाउने संशोधित लक्ष्य लिएको थियो। आर्थिक वर्षको अन्तिम दिन असार ३२ गतेसम्म १२ खर्ब ८० अर्ब ६ करोड रुपैयाँ संकलन भएको हो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो आव २०८१/८२ मा ११ खर्ब ७८ अर्ब संकलन भएको थियो। जुन आव २०८०/८१ को तुलनामा करीब १० प्रतिशतको वृद्धि थियो। 

अघिल्लो आव २०८१/८२ को तुलनामा गत आव २०८२/८३ मा राजस्व संकलनको वृद्धिदर खुम्चिएको छ। अघिल्लो आवमा १०.४८ प्रतिशत रहेको राजस्व वृद्धिदर गत आवमा करीब ५ प्रतिशतमा सीमित भएको हो।

सरकारले गत आर्थिक वर्षमा कुल विनियोजित बजेटमध्ये जम्मा ८०.५५ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। सरकारले चालु बजेट ८८.४ प्रतिशत खर्च गरेको छ भने विकास खर्च ५० प्रतिशत पनि पुगेको छैन। 

महालेखा नियन्त्रकको कार्यालयअनुसार विकास गतिविधिमा हुने खर्ब विनियोजित बजेटको ४६.७९ प्रतिशत मात्रै खर्च भएको छ। 
त्यसैगरी, वित्तीय व्यवस्थातर्फ ९२.५६ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad