नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई कोरोना रोकथामका लागि १ थान पीसीआर मेसिन किन्ने रकम सहयोग गरेको छ।
बैंकले प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिनका निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २८ लाख २५ हजार आर्थिक सहयोग गरेको हो।
सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमुना छिटो र उच्च परिमाणमा परीक्षण गर्न सहयोग भई पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुनेछ।
प्रतिक्रिया