भारतको सर्वोच्च अदालतले उडान गर्दा बीचको सिट खाली राख्न आदेश दिएको छ। अदालतले उडान गरिरहेका जहाजले सामाजिक दूरी कायम गर्नु अनिवार्य शर्त रहेको बताएको छ।
भारतले विश्वभर रहेका आफ्ना नागरिकलाई जहाजमार्फत फिर्ता ल्याइरहेको छ।
सरकार व्यावसायिक उडानको नाफा घाटाभन्दा नागरिकको स्वास्थ्यप्रति चिन्तित हुनुपर्ने अदालतले भनेको छ।
सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय उडानलाई यस्तो आदेश जारी गरे पनि सोमबारबाट सुरु भएको आन्तरिक उडानमा पनि यो शर्त लागू हुनेछन्।
एयर इन्डियाले विदेशबाट ‘बन्दे भारत मिसन’ अन्तर्गत मे ७ देखि आफ्ना नागरिक ल्याइरहेको छ।

प्रतिक्रिया