कारोबार


अमेरिका-इरान सम्झौताले कच्चा तेलको मूल्य ३ महिनायताकै तल

अमेरिका-इरान सम्झौताले कच्चा तेलको मूल्य ३ महिनायताकै तल

नेपालखबर
असार ३, २०८३ बुधबार ४:५९, काठमाडौँ

राज्य अमेरिका र इरानबिच भएको शान्ति सम्झौतापछि स्ट्रटे अफ हर्मुज पुनः सञ्चालनमा आउने अपेक्षाले मंगलबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य ४ प्रतिशतले घटेर प्रतिव्यारेल ७९ दशमलव ८७ डलरमा पुगेको छ। तीन महिनायता ब्रेन्ट तेलको मूल्य पहिलो पटक ८० डलरभन्दा तल झरेको हो।

यस्तै अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य ४ दशमलव ५ प्रतिशतले घटेर प्रतिव्यारेल ७७ दशमलव १६ डलरमा कायम भएको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डमा शुक्रबार अमेरिका र इरानबिच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुल्ने बताएका छन्।

फेब्रुअरी १८ मा अमेरिका र इजरायलले आक्रमण गरेपछि प्रतिक्रिया स्वरूप इरानले उक्त महत्त्वपूर्ण जलमार्गमा ट्याङ्कर आवतजावत अवरुद्ध गरेको थियो।

यसले विश्व बजारमा तेल तथा ग्यास आपूर्तिमा दबाब सिर्जना गर्दै कच्चा तेलको मूल्य उच्चस्तरमा पुगेको थियो।

ब्रोकर कम्पनी ट्रेड नेसनका वरिष्ठ बजार विश्लेषक डेभिड मोरिसनका अनुसार स्ट्रटे अफ हर्मुज पुनः सञ्चालनमा आउनु कुनै पनि शान्ति सम्झौताबाट प्राप्त हुने सबैभन्दा तत्काल र सकारात्मक परिणाममध्ये एक हो।

उनले भने, 'इरानले स्ट्रेट अफ हर्मुज प्रयोग गर्ने जहाजमा कर लगाउने चेतावनी दिए पनि तेल बजारका सहभागीले आपूर्ति अवस्था क्रमशः सहज बन्दै गएको संकेत देखिरहेका छन्।'

विश्वको महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने स्ट्रेट अफ हर्मुज पुनःखुल्ने सम्भावनाले बजारमा आपूर्ति अवरोधको चिन्ता कम भएको र त्यसकै प्रभावस्वरूप तेलको मूल्य घटेको विश्लेषकको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad