कारोबार


लुम्बिनीका कर्मचारीको तलब २१ प्रतिशत बढ्यो, अधिकृतभन्दा माथिलाई तीन हजार यातायात भत्ता


नेपालखबर
असार १, २०८३ सोमबार १८:१३, काठमाडौँ

लुम्बिनी प्रदेशका कर्मचारीको तलब २१ प्रतिशत बढ्ने भएको छ। 

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै संघीय सरकारले गरेको तलब वृद्धि बराबर प्रदेशका कर्मचारीको पनि तलब बढ्ने बताएका हुन्। 

संघीय सरकारले कर्मचारीको तलब बढाएकाले प्रदेशका कर्मचारीको पनि तलब बढाउन आवश्यक भएको उनले बताए। 

लुम्बिनी प्रदेशमा उच्च तहका कर्मचारीलाई टिकाइराख्नको लागि अधिकृतभन्दा माथिल्ला तहका कर्मचारीलाई मासिक तीन हजार रुपैयाँ यातायात भत्ता उपलब्ध गराउने घोषणा अर्थमन्त्री कार्कीले प्रदेश सभामा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad