आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीका सुधारका विशेष घोषणा गरेका छन्।
उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशिल बनाउन करका दरका वृहत पुनरावलोन गरेको अर्थमन्त्री वाग्लेले संसदमा बताएका छन्।
यस्ता छन् वाग्लेले घोषणा गरेको सुधारः
करको बोझ आयकर छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि १० लाख पु¥याएको छ।
व्यक्तिगत आयकर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत मात्रै लाग्ने बनाएको अर्थमन्त्री वाग्लेले बताए।
औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तुभन्दा कम्तिमा एक तह न्यून हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सारदर घटाइएको छ।
विद्यमान ११ तहको भन्सार दरलाई घटाएर सात तहमा सीमित गरिएको छ।
हाल ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज भएको छ।
भन्सार विन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई हरित करमा एकीकृत गरिएको छ।
प्राकृतिक व्यक्तिको मृत्युपछिको अस्वेच्छिक निसर्ग वा निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन २०५८ को दफा ५७ आकर्षित नहुने व्यवस्था गरिएको छ।
सूचीकृत कम्पनीका धितोपत्रमा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिएको छ।
डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बिजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको १० प्रतिशत छुट पाउने व्यवस्था कार्यान्वयन मा ल्याइएको छ।
मूल्य अभिवृद्धी कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाइने घोषणा गरिएको छ।
वस्तु वा सेवाको खरिदमा विजक लिने लिने सस्कृति विकास गर्न लट्री जस्ता आकर्षक कार्यक्रम लागू गरिने भएको छ।
मूल्य अभिवृद्धिकरको बहुदरको सान्दर्भिकता अध्ययन गर्न समिति गठन गरिने भएको छ।
Shares

प्रतिक्रिया