कारोबार


स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’ शनिबार

स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’ शनिबार

नेपालखबर
जेठ १४, २०८३ बिहिबार २१:४०, काठमाडौँ

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले नेपालका युवा, सडक संस्कृति, संगीत तथा राइडिङ समुदायलाई एउटै मंचमा जोड्ने उद्देश्यसहित ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम यही २०८३ जेठ १६ गते, शनिबार टोकास्थित स्केटर्स नेपालमा आयोजना हुने कम्पनीले जनाएको छ।

‘पल्सर आरपीएम’ जस्ता प्लेटफर्ममार्फत नेपाली युवासँग अझ बलियो सम्बन्ध निर्माण गर्ने उद्देश्यका साथ ब्रान्डले मोटरसाइकलभन्दा बाहिर गएर संगीत, फ्रिस्टाइल खेल, सिर्जनात्मक तथा सहरीका युवा संस्कृतिमा आधारित अनुभव प्रदान गर्दै आएको छ।

कार्यक्रमका विशेष आकर्षणहरू: कार्यक्रममा स्टन्ट शो तथा बीएमएक्स प्रदर्शन, स्केट तथा बी–बोय प्रस्तुति, ग्राफिटी आर्टका आकर्षक गतिविधिका साथै र्‍याप तथा डीजे सेसन पनि समावेश गरिनेछ, जसले युवापुस्तालाई मनोरञ्जन र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

‘राइड. पावर. मोसन.’ को भावनालाई केन्द्रमा राखेर आयोजना गरिने ‘पल्सर आरपीएम’ ले आजको पुस्ताको ऊर्जा, उत्साह र आत्मअभिव्यक्तिलाई उत्सवका रूपमा प्रस्तुत गर्नेछ।

कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ। बिहान ११ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा काठमाडौंभरिका राइडर, स्केटर, नृत्य, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad