कारोबार


१८.६ प्रतिशतले बढ्ने भयो स्थिर लगानी, कुल लगानी २१ खर्ब पुग्ने

निजी क्षेत्रको लगानी १७ खर्ब नाघ्ने
१८.६ प्रतिशतले बढ्ने भयो स्थिर लगानी, कुल लगानी २१ खर्ब पुग्ने

नेपालखबर
जेठ १३, २०८३ बुधबार १३:५४, काठमाडौँ

न्यून पुँजीगत खर्च र सुस्त कर्जा लगानीका बाबजुद पनि कुल लगानी बढेको छ। 

गत आर्थिक वर्षमा कुल लगानी १०.७ प्रतिशतले बढेकामा चालू आवमा यो १५.६ प्रतिशतले बढ्ने आर्थिक सर्वेक्षणले देखाएको हो। 

उक्त दरले बढ्दा कुल लगानी २१ खर्ब ७ अर्ब ९० करोड पुग्ने अनुमान छ। पछिल्लो दशक कुल लगानी कुल गार्हस्थ्य उत्पादनको औसत ३४.२६ प्रतिशत छ। 

त्यसैगरी चालू आवमा कुल स्थिर लगानी १८.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। गत आवमा यस्तो लगानी १०.९ प्रतिशतले बढेको थियो। गत आवमा कुल स्थिर लगानी जीडीपीको २३.५७ प्रतिशत रहेकामा चालू वर्ष २६.२६ प्रतिशत पुग्ने अनुमान छ। पछिल्लो दशक कुल लगानी र कुल स्थिर लगानी जीडीपीको वार्षिक औसत क्रमशः ३४.२६ र २८.४५ प्रतिशत छ। 

यसैबीच, निजी क्षेत्रको कुल स्थिर लगानीमा समेत उल्लेख्य वृद्धि भएको छ। कुल स्थिर लगानीमा निजी क्षेत्रको लगानी करिब तीन चौथाइ छ। चालू वर्ष यस्तो लगानी १७ खर्ब ३३ अर्ब २३ करोड रहने अनुमान छ। कुलमध्ये सरकारी (सार्वजनिक संस्थानसहित) र निजी लगानीको अंश क्रमशः २६.५ प्रतिशत र ७३.५ प्रतिशत पुग्ने अनुमान छ। 

गत आवमा यस्तो अंश क्रमशः ४२.३ प्रतिशत र ५७.७ प्रतिशत रहेको थियो। चालू आवमा तीनै तहका सरकारको पुँजीगत खर्च तुलनात्मक रुपमा न्यून रहने अनुमानका आधारमा सरकारी लगानीमा उल्लेख्य कमी आउने अनुमान छ। पछिल्लो दशक कुल स्थिर लगानीमा निजी क्षेत्र र सरकारी क्षेत्रको अंश वार्षिक औसत क्रमशः ६८.३ प्रतिशत र ३१.७ प्रतिशत रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad