सरकारले आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य तोकेको छ।
मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ तोकिएको हो। गत वर्ष मोटा धानको लागि प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ तोकिएको थियो।
त्यसै गरी, आगामी आर्थिक वर्षका लागि मध्यम धानको मूल्य भने तीन हजार ८६० रुपैयाँ तोकिएको छ। अघिल्लो वर्ष यस्तो धानको मूल्य तीन हजार ६२८ तोकिएको थियो।
यस वर्ष सरकारले धानको मूल्य बढाएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयको सिफारिसमा सोमबार मन्त्रिपरिषदको बैठकले धानको समर्थन मूल्य तोकेको हो।
66
Shares

प्रतिक्रिया