नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले उम्मेदवारी फिर्ता लिएका छन्।
योसँगै अब उक्त पदमा रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच प्रतिस्पर्धा हुनेछ।
कोषाध्यक्षमा भने मनिष लाल प्रधान र अम्बिका प्रसाद पौडेलबीच प्रतिस्पर्धा हुँदै छ।
महासंघको ६०औँ वार्षिक साधारणसभा एवं निर्वाचन गत वैशाख २२ गते सम्पन्न भएको थियो। महासंघको विधान २०४९ (सातौँ संशोधन)ले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन कार्यकारिणी समितिबाट हुने व्यवस्था गरेको थियो। सोसँगै दुई पदमा निर्वाचन हुनलागेको हो।
27
Shares

प्रतिक्रिया