चीनले अमेरिकी विमाननिर्माता बोइङका २ सयवटा हवाइजहाज खरिद गर्ने भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै भएको चीन भ्रमणका क्रममा यससम्बन्धी सहमति भएको थियो। ट्रम्पले नै यसबारे जानकारी दिएका थिए।
अहिले चीनले पनि यसको पुष्टि गरेको बीबीसीले जनाएको छ।
गत हप्ता चिनियाँ राष्ट्रपति सि चिनफिङ र ट्रम्पबीच अन्य व्यावसायिक सहमति भएको बुझिएको छ।
विमान खरिद सम्झौताअनुसार अमेरिकाले चीनलाई विमानका इन्जिन उपकरण आपूर्तिको सुनिश्चितता दिएको चिनियाँ वाणिज्य मन्त्रालयले बुधबार उल्लेख गरेको छ।
त्यसैगरी दुवै देशबीच अक्टोबरमा भएको व्यापार युद्धविराम लम्ब्याउन समेत सहमत भएका छन्। उनीहरुले ३० अर्ब डलरका वस्तुमा भन्सारछुटबारे समेत सहमति भएको छ।
12
Shares

प्रतिक्रिया