एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल प्रतियोगिता २०२६ लाई लक्षित गर्दै ‘स्क्यानमा सुन’ नामक उपहार योजना सार्वजनिक गरेको छ।
फुटबलप्रेमी तथा ग्राहकलक्षित यस अभियानअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहकहरू गोलाप्रथामा सहभागी हुन सक्नेछन्।
सहभागीहरूमध्ये तीन जना भाग्यशाली विजेतालाई जनही सुनको बल पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ। यो योजना जेठ १ गतेदेखि विश्वकप फुटबल प्रतियोगिता २०२६ को खेल अवधिभर सञ्चालन गरिने छ।
यस अभियानले फुटबलप्रेमी युवाहरूमा मनोरञ्जन, सहभागिता र पुरस्कारको उत्साह एकैसाथ प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ।
अभियानसम्बन्धी थप जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक्सको आधिकारिक सामाजिक सञ्जाल प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।
Shares

प्रतिक्रिया