विश्व बैंकका प्रमुख डेभिड मालपासले करोडौं मानिसहरु चरम गरिबीको जोखिममा रहेको बताएका हुन्।
डेभिडले कोरोनाको प्रकोप झेलिरहेकाले विश्वको आर्थिक वृद्धिदरमा ५ प्रतिशतले कमी आउने पनि बताएका छन्।
कोरोनाको प्रकोपपछि विश्वभर लाखौं मानिसले रोजगारी गुमाएका छन्, कतिपय व्यापार टाट पल्टिएको छ, गरिब राष्ट्रहरु ठूलो मारका परेका छन्।
एक दिनमा १.९ अमेरिकी डलरभन्दा कम आम्दानी गर्ने व्यक्तिको अवस्थालाई विश्व बैंकले चरम गरिबी भन्ने गरेको छ। एजेन्सी

प्रतिक्रिया