अमेरिकी बहुराष्ट्रिय यातायात सेवा प्रदायक कम्पनी उबरले भारतमा डेटा सेन्टर बनाउने भएको छ।
भारतीय धनाढ्य समूह अदानी ग्रुपसँग मिलेर राइड हेलिङ कम्पनी उबरले भारतमा कम्पनीको प्रविधि पूर्वाधार निर्माण गर्न लागेको हो।
अहमदावादमा उक्त समूहका प्रमुख गौतम अदानीसँग उबरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दारा खोसरोवश्वाहीले गरेको भेटसँगै कम्पनीले डेटा सेन्टर निर्माणको घोषणा गरेको थियो।
उक्त डेटा सेन्टरले भारतमा कम्पनीको बढ्दो प्रविधि र नवप्रवर्तन व्यवसायलाई सघाउ पुग्ने भारतीय मिडियाहरुले जनाएका छन्। भारतमा यसअघि नै उबरको इन्जिनियरिङ र प्रविधि कार्यबल रहेको छ। अमेरिकाबाहिरकै पहिलो कम्पनीको ठूलो ग्लोबल डेभलपमेन्ट सेन्टर भारतको ब्यांग्लोरमा रहेको छ।
अदानी ग्रुपले पछिल्लो समय डिजिटल पूर्वाधार र डेटा सेन्टर इकोसिस्टममा महत्त्वाकांक्षी लक्ष्यसाथ अघि बढिरहेको छ। यस्तोमा उबरले यही ग्रुपसँग मिलेर डेटा सेन्टर बनाउन लागेको हो।
Shares

प्रतिक्रिया