कारोबार


द गोल इज ग्रिन अभियानमा लक्ष्मी सनराइज बैंकसहित त्रिपक्षीय सहकार्य

द गोल इज ग्रिन अभियानमा लक्ष्मी सनराइज बैंकसहित त्रिपक्षीय सहकार्य

नेपालखबर
साउन ४, २०८३ सोमबार १६:२२, काठमाडौँ

वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतिहरूको सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान द गोल इज ग्रिन कार्यान्वयनका लागि डब्लुडब्लुएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ।

यस अभियान अन्तर्गत फिफा वर्ल्ड कपका सम्पूर्ण खेलमा हुने प्रत्येक गोल बराबर एक वटा रूख रोप्ने प्रतिबद्धता बैंकले गरेको थियो। विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै बैंकले नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको हो।

अभियानले विश्वव्यापी खेलकुदको रोमाञ्चलाई स्थानीय स्तरको जलवायु तथा वातावरणीय संरक्षणसँग जोड्ने लक्ष्मी सनराइज बैंकको सोचलाई प्रतिविम्बित गर्ने बताइएको छ। 

अभियान सीमित भए पनि वैज्ञानिक आधारमा योजना बनाई स्थानीय समुदायसँगको सहकार्यमा कार्यान्वयन गर्दा निजी क्षेत्रको लगानीले वातावरणीय पुनःस्थापनामा प्रभावकारी योगदान दिन सक्ने उदाहरणका रूपमा यसलाई लिइएको छ।

यस सहकार्यअन्तर्गत डब्लुडब्लुएफ नेपालले अभियानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। संरक्षण क्षेत्रमा हासिल गरेको लामो अनुभव र विशेषज्ञताको आधारमा डब्लुडब्लुएफ नेपालले लक्ष्मी सनराइज बैंकलाई आफ्नो स्थानीय संरक्षण साझेदार काम्दी सीएफसीसीसँग जोडेको हो।

काम्दी सीएफसीसीले उपयुक्त स्थानमा स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण र व्यवस्थापन गर्नेछ भने डब्लुडब्लुएफ नेपालले प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्रको पहिचान तथा पारिस्थिति अनुकूल पुनः स्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ, जसले अभियानको दीर्घकालीन वातावरणीय प्रभाव सुनिश्चित गर्न सहयोग पुर्याउनेछ।

लक्ष्मी सनराइज बैंकको दिगोपनप्रतिको प्रतिबद्धता डब्लुडब्लुएफ नेपालको प्राविधिक दक्षता तथा काम्दी सीएफसीसीको समुदायमा आधारित संरक्षण अनुभवलाई एकीकृत गर्दै अभियानले विद्यमान संरक्षण प्रयासहरूलाई थप सशक्त बनाउने, जैविक विविधताको संरक्षणमा योगदान पुर्याउने तथा वन संरक्षणमा समुदायको दीर्घकालीन सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad