कारोबार


करको बोझ घटाउने सरकारको नीति

करको बोझ घटाउने सरकारको नीति

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १६:३०, काठमाडौँ

सरकाररले उद्यमी र मध्यम वर्गीय परिवारमा रहेको करको बोझ घटाउने कार्यक्रम ल्याएको छ।

सरकारले आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी मध्यम वर्गीय परिवार माथिको बोझ घटाइने छ।’

त्यसैगरी, सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आवद्ध गरी नगद नहित पारदर्शी र राजश्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने भनिएको छ। 

स्वेच्छिक कर अनुपालन, प्रविधि मैत्री राजश्व प्रशासन, शीघ्र कर विवाद समाधान प्रणालीमार्फत राजश्व प्रणालीलाई उद्यम मैत्री बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। 

विभिन्न देशसँग दोहोरो कर मुक्ति सम्झौता गर्ने भनिएको छ। 

प्रदुषण, पूर्वाधार र अन्य छरिएका करहरुलाई एकीकृत गरि हरित कर प्रणालीमा रुपान्तरण गर्ने नीति अबलम्बन गरिने कार्यक्रम ल्याइएको छ।  

भन्सार नाकामा न्यून विजकीकरण नियन्त्रण गरिने छ। मूल्य अभिवृद्धि लगायत सबै करको फिर्ता गर्ने प्रणाली स्वचालित तथा समयवद्ध बनाइने नीति तथा कार्यक्रममा उल्लेख छर  

सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण पालना गर्दै जोखिममा आधारित नियमन, सुपरिवेक्षण र अभियोजना प्रणाली लागू गरिने भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad