कारोबार


नक्सामा जम्मु-कस्मिरको सबै भूभाग पाकिस्तानको देखाएपछि नेपाल एयरलाइन्सले माग्यो माफी

नक्सामा जम्मु-कस्मिरको सबै भूभाग पाकिस्तानको देखाएपछि नेपाल एयरलाइन्सले माग्यो माफी

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार ९:४४, काठमाडौँ

नेपाल वायुसेवा निगमले बुधबार सार्वजनिक गरेको नेटवर्क नक्सामा जम्मु र कस्मिरलाई पाकिस्तानको एक्लौटी भूभागभित्र राखेकोमा क्षमा याचना गरेको छ।

‘हाम्रा सामाजिक सञ्जालहरुमा सार्वजनिक गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हामी क्षमा प्रार्थी छौँ’, बिहीबार बिहान अंग्रेजी भाषामा सूचना जारी गर्दै निगमले भनेको छ। 

नक्सामा अन्तर्राष्ट्रिय सिमानामा भएका गम्भीर त्रुटिहरुले नेपाल सरकार वा नेपाल वायु सेवा निगमको आधिकारिक धारणालाई प्रतिनिधित्व नगर्ने पनि निगमले प्रष्टिकरण दिएको छ।

नेपाल एयरलाइन्सका आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबाट बुधबार जहाज उड्ने पोइन्ट इंगित गर्न नेटवर्क नक्सा सार्वजनिक गरिएको थियो। त्यो पोष्ट अहिले डिजिट गरिएको छ। नक्सामा भएको तथ्य तोडमोडबारे समीक्षा भइरहेको नेपाल वायुसेवा निगमले जनाएको छ।

‘यस क्षेत्रका हाम्रा छिमेकी तथा मित्र राष्ट्रहरुसँगको सुमधुर सम्बन्धलाई हामी उच्च सम्मान गर्दछौँ’, बिहीबार निगमले भनेको छ, ‘त्यो पोष्टबाट पर्न गएको कुनै पनि असुविधाप्रति हामी क्षमा चाहन्छौँ।’

नेपाल एयरलाइन्सको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबाट सार्वजनिक गरेको नेटवर्क नक्सामा जम्मु र कश्मिरको सबै भूभाग पाकिस्तानतिर परेको थियो। स्वतन्त्र मुलुकहरु ताजिकिस्तान र किर्गिस्तान चीनको नक्साभित्र परेका थिए। 

नेपालले जम्मु कस्मिरको मुद्दालाई भारत–पाकिस्तानको द्विपक्षीय विषय मान्दै आएको छ। भारतले सम्पूर्ण जम्मु, कश्मीर र लद्दाखलाई आफ्नो अभिन्न अङ्ग मान्दछ। हाल यसको ठूलो हिस्सा भारत प्रशासित नियन्त्रणमा छ। सन् २०१९ मा भारतले संविधानको धारा ३७० खारेज गरी यसलाई केन्द्र शासित प्रदेश बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad