कारोबार


काठमाडौँका दुई फर्मलाई जनही २ लाख ५ हजार जरिवाना

काठमाडौँका दुई फर्मलाई जनही २ लाख ५ हजार जरिवाना

नेपालखबर
बैशाख १५, २०८३ मंगलबार ५:७, काठमाडौँ

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौँका दुईवटा फर्मलाई जरिवाना गरेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि वेस्ट सपिङ सेन्टर (ठमेल) लाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको हो।

यस्तै कान्तिपुर क्याफे (एपयरपोर्ट) लाई पनि रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ।

हेभन ह्याण्डिक्राफ्ट २६ ठमेल र गुडलक ट्रेकिङ सप (ठमेल) लाई व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

विभागले सोमबार कुल ४७ वटा फर्ममा अनुगमन गरेकामा ४३ वटालाई भने सुधारात्मक निर्देशन दिएको छ।

उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad