बुद्ध एयरको विमान मंगोलियाका ३ जना नागरिक लिएर भारतको राजधानी नयाँ दिल्ली उडेको छ। लकडाउनका कारण नेपालमा रहेका तीन जना मंगोलियन नागरिकलाई दिल्लीसम्म पुर्याउन कम्पनीले चार्टर्ड उडान गरेको हो।
मंगोलियन दूतावासको अनुरोधमा दिल्ली उडान गरेको कम्पनीले जनाएको छ। त्यहाँबाट तिनीहरु अर्को उडानबाट आफ्नो देशतर्फ जानेछन्।
बुद्धले कम्पनीले बनाएको सुरक्षाको निर्देशिकाको पूर्ण पालना गरी उडान गरिएको बताएको छ।
‘हाम्रो फ्लाइट चेक इन काउण्टर थप सुरक्षाका साथ तयार कोभिड–१९ श्वासप्रश्वासको छिटाबाट सर्ने हुँदा काउण्टरहरुमा शिशाको बार थपेका छौं। कोभिडविरुद्ध सुरक्षा निर्देशिकालाई हामी अक्षरशः पालना गर्न प्रतिबद्ध छौं’, बुद्ध एयरले भनेको छ।
प्रतिक्रिया