बंगालको खाडीबाट उत्पत्ति भएको चक्रवात भारत र बंगलादेशको सिमानामा अगाडि बढेको भारतीय विज्ञहरुले बताएका छन्।
यस चक्रवातले यी दुवै देशमा ठूलो विनाश निम्त्याउन सक्ने चेतावनी दिइएको छ। यस चक्रवात प्रतिघण्टा २ सय ४० किलोमिटरको रफ्तारमा कुद्ने अनुमान गरिएको छ।
यस चक्रवात भारत र बंगलादेशमा देखिएकामध्ये हालसम्मकै शक्तिशाली हुने विज्ञहरुको भनाइ छ।
सोमबार बिहानसम्म बंगलादेशमा २२ हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। भारतमा संक्रमितको संख्या एक लाख नजिक पुगेको छ।
चीनमाभन्दा बढी कोरोना संक्रमित भारतमा देखिएको छ। हालसम्म भारतमा ९६ हजार १६९ जनामा कोरोना देखिँदा ३ हजारको मृत्यु भइसकेको छ। सीएनएन
3
Shares
प्रतिक्रिया