कारोबार


अन्तिम कारोबार दिन बढ्यो सेयरबजार

अन्तिम कारोबार दिन बढ्यो सेयरबजार

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १५:७, काठमाडौँ

साताको अन्तिम कारोबार दिन सेयरबजार बढेर बन्द भएको छ। 

बजार परिसूचक नेप्से १.५४ अंकले बढेर २७८८.७० विन्दुमा थामिएको हो। 

शुक्रबार ५ अर्ब २७ करोडको कारोबार भयो। १ करोड २१ लाख कित्ता बिक्रीपछि उक्त परिमाणमा कारोबार भएको हो। यस दिन तीनवटा सेयरमा सकारात्मक सर्किट लागेको छ। 

पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र माई खोला हाइड्रोको सेयर १५ प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः १२६.७०, १२० र ९४.५० रुपैयाँ प्रतिसेयर आम्दानी गरे। आज गिरावट आएका सेयरहरु अधिकतम ३.५० प्रतिशतसम्म मात्र ओर्लिएका छन्। 

कारोबारमा रिडी पावर अगाडि छ। कम्पनीको २७ करोडको किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्स  र नेशनल हाइड्रोको २४ करोड, सोलु हाइड्रो २३ करोड र आखुखोला जलविद्युत्को २० करोडको कारोबार भएको नेप्सेले जनाएको छ। 

शुक्रबार वाणिज्य बैंक, विकास बैंक, होटल र पर्यटन, जलविद्युत्, उत्पादन र व्यापार समूह बढेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad