कारोबार


शिशुवा-खुदीखोला सडकको उद्घाटन

शिशुवा-खुदीखोला सडकको उद्घाटन

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार १६:११, काठमाडौँ

कास्कीको पोखरा महानगरपालिका–३० मा पर्ने शिशुवा–शिसाघाट सडक खण्डअन्तर्गत शिशुवा–खुदीखोला सडकको उद्घाटन गरिएको छ। 

शहरी विकास तथा भवन निर्माण विभागको समन्वय र विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण सम्पन्न उक्त सडकको बिहीवार महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन्।

सडक उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख आचार्यले करिव सवा तीन अर्ब रुपैयाँ लागतमा परियोजना अघि बढिरहेको जानकारी दिए। 

उनले प्राविधिक र व्यवस्थापकीय पक्षलाई समेत ध्यानमा राखी ‘रेटेड क्राइटेरिया’ अनुसार काम सम्पन्न गरिएको उल्लेख गर्दै यो परियोजना देशकै नमूना परियोजना रहेको दाबी पनि गरे।

उनले सडकखण्ड विस्तारका क्रममा सामुदायिक वन एवं स्थानीयको बस्ती व्यवस्थापन गर्नुपर्दा केही ढिलाई भएको बताए। पोखरा महानगरको सडक पूर्वाधार लगायतको कामका लागि संघ सरकारसँग आवश्यक समन्वय भइरहेको समेत बताए।

उनले भने, ‘यो परियोजना सवा तीन अर्बको परियोजना हो। यो परियोजना नेपालको इतिहासमै एउटा नमूना परियोजना हो  सडक निर्माण गर्नुभन्दा अगाडि नै ठेकेदारलाई सबै कुरा बुझ्नुस्, के के कुरा गर्न सक्नुहुन्छ? के के सक्नुहुन्न सबै कुरा हेरेर रेटेड क्राइटएरियासहित बाटो सम्पन्न भएको अवस्था छ। यो सबै एउटै प्याकेजको हो। रातो किताबलाई नै अगाडि राखेर हेरौँ कुनैपनि ठाउँमा समस्या छैन। फेरि छुट्याउनुपर्ने रहेछ भने छुट्याउँला भोलि।’

नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण गरिएको सडकमा १५ मिटर चौडाइको डबल लेन, ७ मिटर सपोर्ट सडक, १ दशमलव ५ मिटर साइकल ट्र्याक र २ दशमलव ५ मिटर फुटपाथ निर्माण गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad