कारोबार


एफवान सफ्ट इन्टरनेसनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

एफवान सफ्ट इन्टरनेसनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १५:४८, काठमाडौँ

एफवानसफ्ट इन्टरनेसनलको  प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सनत कुमार पौडेल नियुक्त भएका छन्। एफवानसफ्टले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा पौडेललाई कम्पनीको नयाँ सीईओका रूपमा नियुक्त गरेको घोषणा गरेको छ।

उनी सह–संस्थापक तथा निर्देशक सुबास शर्मा पछि सीईओको जिम्मेवारी सम्हाल्ने कम्पनीले जानकारी दिएको छ। शर्माले उक्त भूमिका एक दशकभन्दा बढी समयसम्म सफलतापूर्वक सम्हालेका थिए। शर्माले एफवानसफ्ट गुपको दृष्टिकोणलाई व्यवहारमा उतार्दै इसेवा, फेनपे लगायतका डिजिटल वित्तीय समाधानहरूको विकास र विस्तारमा महत्वपूर्ण नेतृत्व गरेका थिए।

यी पहलहरूले नेपालको डिजिटल वित्तीय प्रणालीलाई रूपान्तरण गर्नुका साथै नागरिक, घरपरिवार तथा व्यवसायहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पारेका छन्। उनी अब निर्देशकको भूमिकामा रहँदै एफवानसफ्ट गुपको  रणनीतिक दिशानिर्देशनमा संलग्न  हुनेछन्। 

हाल ‘फोन एनएक्टी प्रालि’ का सीईओ रहेका सनत कुमार पौडेलले नयाँ जिम्मेवारीसँगै दुवै संस्थाको नेतृत्व गर्नेछन्। एफवानसफ्ट ग्रुपमा आवद्ध हुनुअघि उनी नबिल बैंकमा एक दशकभन्दा बढी समय कार्य गर्दै पेमेन्ट टेक्नेलिज म्यानेजमेन्ट तथा डिजिटल ट्रान्सफर्मेसन प्रोग्रामको नेतृत्व गरेका थिए। उनीसँग दुई दशकभन्दा बढी आईसीटी क्षेत्रको अनुभव छ। 

‘पछिल्ला २२ वर्षमा हामीले निर्माण गरेको आधारप्रति म अत्यन्त गौरवान्वित छु। एफवानसफ्टको वृद्धि हाम्रो सम्पूर्ण टोलीको साझा प्रयासको परिणाम हो, जसले नेपालको डिजिटल परिदृश्यलाई नयाँ उचाइमा पुर्‍याएको छ। यस ऐतिहासिक अवसरमा, आगामी यात्रामा सनतको नेतृत्वप्रति मलाई पूर्ण विश्वास छ’ आफ्नो कार्यकाल सम्झँदै निवर्तमान सीईओ सुबास शर्माले भने। 

नेपालमा डिजिटल वित्तीय सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एफवानसफ्टले नगदमा आधारित बजारमा प्रारम्भिक मोबाइल भुक्तानी समाधानहरू सुरु गर्दै आजको दिनसम्म आइपुग्दा देशका प्रमुख डिजिटल वालेट, अन्तरसञ्चालनयोग्य भुक्तानी प्रणाली तथा डिजिटल ऋण प्लेटफर्महरूलाई सक्षम बनाउने व्यापक इकोसिस्टम निर्माण गरेको छ। यसले बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै नेपाली नागरिकहरूको वित्तीय पहुँचलाई सहज बनाउनुका साथै ‘क्यासदलेस इकोनोमी’ तर्फको यात्रालाई तीव्र बनाएको छ।

आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै नव नियुक्त सीईओ सनत कुमार पौडेलले भने, ‘एफवानसफ्टको २२ वर्षे यात्राको यस महत्वपूर्ण मोडमा नेतृत्व गर्ने अवसर पाउनु मेरा लागि गर्वको विषय हो। हामीले निर्माण गरेको बलियो आधारलाई अझ सुदृढ बनाउँदै प्रविधि नेतृत्वलाई मजबुत पार्ने र सेवा विस्तारलाई तीव्र बनाउने हाम्रो लक्ष्य रहनेछ। साथै, दीर्घकालीन मूल्य सिर्जना गर्दै नेपालको फिनटेक दक्षतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने हाम्रो प्रतिबद्धता रहनेछ।’

यो नेतृत्व हस्तान्तरणले एफवानसफ्टको सुदृढ नेतृत्व विकास, सुशासन तथा निरन्तरताको संस्कृतिलाई झल्काउँछ। तेस्रो दशकमा प्रवेश गर्दै कम्पनीले आफ्नो संस्थागत क्षमतालाई अझ मजबुत बनाउने, नेपालभित्र प्रभाव विस्तार गर्ने र फिनटेक क्षमतालाई विश्वव्यापी स्तरमा विस्तार गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad