कारोबार


बुटवलमा रैथाने सीप, कला र उत्पादनको प्रदर्शनी हुने

बुटवलमा रैथाने सीप, कला र उत्पादनको प्रदर्शनी हुने

नेपालखबर
बैशाख २, २०८३ बुधबार १३:४०, बुटवल

बुटवलमा स्थानीय ज्ञान, सीप र उत्पादनको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी वैशाख ५ गते ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी–२०८३’ हुने भएको छ। 

विश्व सम्पदा दिवसको अवसर पारेर एक दिने प्रदर्शन हुन लागेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ। ‘हाम्रो पुर्खाको ज्ञान, हाम्रो देशको शान–रैथाने सीप र कलाको जगेर्ना हाम्रो अभियान’ भन्ने नाराका साथ बुटवल–६ स्थित ट्राफिक चोकको पुरानो फिल्म हल प्रांगणमा प्रदर्शनी गर्न लागिएको कार्यक्रमका संयोजक रेवन्तबहादुर विश्वकर्माले जानकारी दिए।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल, खस्यौली बजार र आदिवासी जनजाति महासंघ लगायतका सरकारी तथा गैरसरकारी निकायको संयुक्त आयोजनामा प्रदर्शन हुन लागेको उनले बताए। 

प्रदर्शनीमा परम्परागत ज्ञान र सीपलाई आधुनिक बजारसँग जोड्न प्रोत्साहन गरिने स्थानीय शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका अध्यक्ष डा. मानबहादुर विकले बताए। 

​प्रदर्शनीमा हस्तकला र स्थानीय उत्पादनका करिब ५० वटा स्टल रहनेछन् भने रैथाने सीपको प्रत्यक्ष प्रदर्शनी समेत गरिनेछ। यसका साथै सम्पदा पदयात्रा, मौलिक खाद्य परिकार, झाँकी र सांस्कृतिक प्रस्तुति पनि रहने खस्यौली बजारका निर्देशक सुमुन्द्र घिमिरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad