नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार तीन फर्मलाई जरिवाना गरेको छ।
स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरस्थित शंकर खाद्य किराना स्टोरलाई रु २० हजार जरिवाना गरेको छ।
यस्तै कुलेश्वरकै एमडीआर स्टोरलाई पनि रु २० हजार जरिवाना गरेको छ।
गोंगबुमा रहेको गुप्ता गुदपाक भण्डारलाई रु पाँच हजार जरिवाना गरेको छ।
ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही गरिएको विभागले बताएको छ।
विभागले एकैदिन कूल ३९ वटा फर्ममा अनुमगन गरेकामा ३६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ।
उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको छ।
459
Shares

प्रतिक्रिया