कारोबार


आगामी आवमा ३ सय सडक पुल बनाइ सक्ने, ३ वर्षभित्र द्रुतमार्ग निर्माण सकिने

आगामी आवमा ३ सय सडक पुल बनाइ सक्ने, ३ वर्षभित्र द्रुतमार्ग निर्माण सकिने

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १३:२४,

सरकारले आगामी वर्ष ३ सय सडक पुल निर्माण सक्ने भएको छ। आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले हालसम्म ३ सय २५ पुल निर्माण भएको बताउँदै अब ३ सय पुल १ वर्षमै निर्माण सक्ने बताएकी हुन्।

उनले भनिन्, ‘देशभर ३ सय २५ पुल निमार्ण भएका छन् भने आगामी आवमा ३ सय सडक पुलको निर्माण सम्पन्न गरिनेछ।’

द्रुतमार्ग ३ वर्षभित्र सकिने
त्यस्तै, काठमाडौं तराई द्रुतमार्ग ३ वर्षभित्र सक्ने सरकारले बताएको छ। त्यसका लागि पुल तथा सुरुंग निर्माण सुरु गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

३६ सय किमि सडक कालोपत्रे
ओली सरकारले कार्यभार सम्हालेपछि ३ हजार ६ सय ६३ किमि सडक कालोपत्रे भएको जनाएको छ।

सडक निर्माणलाई अझै तीव्र पार्ने भन्दै सरकारले मदन भण्डारी राजमार्गलाई ५ वर्ष सम्पन्न गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। त्यसको लागि आगामी वर्ष १ सय ५५ किमि कालोपत्रे गर्नुका साथै झापा र धरानमा सडक निर्माण थालिनेछ।

पुल्पलाल लोकमार्गको ३ सय किमि, हुलाकी राजमार्गको २५० किमि र उत्तर दक्षिण कालिगण्डकी करिडोरको ९० किमि कालोपत्रे गरिने उल्लेख गरिएको छ। कोशी र कर्णालीको ट्रयाक खोल्ने कार्य पनि आगामी आवमै सम्पन्न हुने सरकारले जनाएको छ।

नागढुंगा सुरुङ मार्गमा १ किमि सम्पन्न गरिने, बुटवल पाल्पा खण्डको सिद्धबाबामा सुरुङ निर्माण प्रारम्भ गरिने, वेत्रावती स्याफ्रुबेसी, टोखा छहरे गुर्जे भञ्जाङ लगायतका सुरुङ निमार्ण अगाडि बढाइने नीति तथा कार्यक्रमा उल्लेख छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad