सरकारले ३ वर्षभित्र गण्डकीमा नेपाली पानीजहाज चलाउने कार्यक्रम ल्याएको छ।
आगामी वर्षको नीति तथा कार्यक्रममा भारतको आन्तरिक जलमार्ग प्रयोग गरी समुद्रसम्म पुग्ने नेपाली ध्वजावाहक पानीजहज चलाउने उल्लेख गरेको हो।
गण्डकी नदीलाई आन्तरिक जलमार्गसम्म जोड्ने र उपयुक्त स्थानमा टर्मिनल निर्माण सुरु गरी गण्डकीमा ३ वर्षभित्र जलयातायात सुरु गरिने सरकारी कार्यक्रममा उल्लेख छ।
त्यस्तै, कोशी र कर्णालीमा पनि जलमार्गको अध्ययन गरिने बताएको छ ।

प्रतिक्रिया