कारोबार


समयमा नवीकरण नगर्ने विराटनगरका दुई मनी चेन्जरको इजाजत रद्द

समयमा नवीकरण नगर्ने विराटनगरका दुई मनी चेन्जरको इजाजत रद्द

नेपालखबर
चैत २०, २०८२ शुक्रबार १८:६, काठमाडौँ

नेपाल राष्ट्र बैंकले मोरङको विराटनगरमा सञ्चालित दुई वटा मनी चेन्जर कम्पनीको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ। तोकिएको समयसीमाभित्र अनुमतिपत्र नवीकरण नगरेपछि राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले ती कम्पनीहरूको इजाजत खारेज गरेको हो।

केन्द्रीय बैंकका अनुसार विराटनगर महानगरपालिका–१५ मा कार्यालय रहेका अमृत लक्ष्मी मनी चेन्जर प्रालि र सुपर फाइन मनी चेन्जर प्रालिको अनुमतिपत्र रद्द गरिएको छ। यी दुवै कम्पनीले विदेशी मुद्रा सटहीको कारोबार गर्न राष्ट्र बैंकबाट अनुमति लिएका थिए।

'मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण प्रक्रिया पूरा नगरेकाले यी कम्पनीहरूको इजाजतपत्र स्वतः रद्द गरिएको हो,' राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ।

राष्ट्र बैंकले पछिल्लो समय विदेशी विनिमय कारोबार गर्ने संस्थाहरूको अनुगमन र नियमनमा कडाइ गर्दै आएको छ। विनियमावली अनुसार मनी चेन्जरहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको निश्चित अवधिभित्र आफ्नो इजाजत नवीकरण गराउनुपर्ने प्रावधान छ। नवीकरण नगराई कारोबार गर्नु गैरकानुनी मानिन्छ।

विराटनगर जस्तो सीमावर्ती क्षेत्रमा रहेका मनी चेन्जरहरूले विदेशी मुद्राको अपचलन वा अनौपचारिक कारोबार गर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले प्राविधिक र कानुनी प्रक्रियामा चुकेका संस्थाहरूलाई कारबाहीको दायरामा ल्याउने नीति लिएको छ। इजाजत रद्द भएका यी दुई कम्पनीले अब उप्रान्त विदेशी मुद्रा खरिद–बिक्रीको कुनै पनि कारोबार गर्न पाउने छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad