कारोबार


१९औँ विश्व अटिजम सचेतना दिवसमा एसीएनएसले विभिन्न कार्यक्रम गर्ने

१९औँ विश्व अटिजम सचेतना दिवसमा एसीएनएसले विभिन्न कार्यक्रम गर्ने

नेपालखबर
चैत १९, २०८२ बिहिबार १६:५४, काठमाडौँ

सन् २००८ को अप्रिल २ मा संयुक्त राष्ट्रसंघबाट विश्व अटिजम सचेतना दिवस घोषणा भएपश्चात् विश्वभर नै विभिन्न क्रियाकलापहरु गरी मनाउने र अटिजम सचेतना जगाउने चलन छ।

यस दिनमा अटिजम भएका व्यक्तिहरुको चुनौतीहरु/लक्षणहरु समाजलाई बुझाउने मात्र नभई उनीहरुको सीप, कला, दक्षताहरु चिनाउने, दिनको रुपमा पनि लिइन्छ । विकसित राष्ट्रहरुमा स्वयं सरकारी निकायबाट नै यस दिनलाई विश्व चासो दिँदै मनाउँदै आएको पाइन्छ।

यस वर्ष पनि राष्ट्रसंघको नारा “सेलिब्रेट डिफरेन्स, अटिज्म एन्ड ह्युम्यानिटी एभ्रि लाइफ ह्याज भ्यालु’ दिइएको छ। सन् २०२५ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)को तथ्यांकअनुसार हरेक १/३१ बच्चा अटिजमको अवस्था लिएर जन्मने देखाइएको छ र यस्तो बढ्दो संख्या हरेक राष्ट्रको लागि चुनौती र चिन्ता/चासोको विषय रहेको छ। 

यी बालबालिकाहरु भबिष्यमा बयस्क हुन्छन् र सानै उमेरमा सही समयसापेक्ष हस्तेक्षप गर्नु उनीहरुलाई भविष्यमा क्रियाशील जीवनतर्फ उन्मुख गराउन एउटा न्यूनतम आवश्यकता हो भन्ने सर्वमान्य छ। साथै यस्तो नभएमा उनीहरु परिवार र समाजमा नै आशातित हुनुपर्दा सबैको लागि बोध बन्ने चुनौती प्रस्ट देखाउँछ।

अटिजम मस्तिष्कको विविधता हो। यस फरक अवस्थालाई सही तरिकाले तालिम दिन र सक्षमता अनुसारको मार्ग निर्देशन गर्दै रोजगारसम्ममा समावेश गराउनुपर्ने आवश्यतालाई दर्शाउन राष्ट्रसंघले अटिजम भएका व्यक्तिको विशिष्ट विविधतालाई स्वीकार्नुपर्ने मानवीय धर्म रहेको किन कि हरेक जीवन मूल्यवान रहेको कुरालाई उजागर गराउन कोसिस गरिएको हो।

अटिजम केयर नेपाल सोसाइटीको जन्म सन् २००८ अप्रिल २ कै दिन भएको थियो। विगतका वर्षहरुमा पनि राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरु गर्दै मनाउँदै आएको छ। 

यस वर्ष पनि एसीएनएस, विभिन्न टकशो, सडक नाटक, प्रशिक्षण तालिमहरु (अभिभावक तथा शिक्षकहरु) निलो बत्ती बालेर साथै जावलाखेलको ललित मण्डप प्रांगणमा विभिन्न स्टेकहोल्डर (अभिभावक, अटिजम भएका भाइबहिनीहरु, अटिजम विशेषज्ञहरु/प्रशिक्षकहरु, समाजसेवी, सरकारी निकायका पदाधिकारीहरुको उपस्थितिमा विभिन्न कार्यक्रमहरु मनाउने जनाएको छ। 

यस अटिजम भएकाबालबालिकाको प्रस्तुति, उनीहरुको कला प्रदर्शन, सडक नाटक, फ्ल्यास मोब इत्यादि रहेका छन्। यस वर्ष एसीएनएसले विशेष गरी अटिजम भएका व्यक्तिका दाजुभाइ दिदिबहिनीहरुको महत्व उनीहरुको चुनौती इत्यादिलाई उजागर गर्न पडकास्टिङ समेत गर्ने भएको छ। 

अटिजम जीवन उपरान्त रहने मस्तिष्कको विशेष अवस्था हो। उमेरसँगै उनीहरुलाई दिने सेवा, सीप सबै परिवर्तनशील रहन्छ, वास्तवमै, अधिकतम अटिजम व्यक्तिहरुलाई जीवनभर विभिन्न तहको सहयोग चाहिन्छ तर उनीहरुलाई सही तालीमसीप प्रदान गरिएका समाजलाई ठूलो योगदान पनि पु¥याउन सक्षम छन्। उनीहरुको विशिष्ट क्षमता, विविधता चिन्न स्वीकार्न सकिए एउटा सकारात्मक समाज निर्माण गर्न हरेक एक जनाले योगदान दिन सक्ने एसीएनएसले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad