राजनीति


सुशासन र सदाचार कायम गर्न सरकारी निकायलाई मुख्य सचिवको परिपत्र

सुशासन र सदाचार कायम गर्न सरकारी निकायलाई मुख्य सचिवको परिपत्र

नेपालखबर
चैत १९, २०८२ बिहिबार १६:५६, काठमाडौँ

भ्रष्टाचारजन्य कार्य नियन्त्रण गर्नका लागि मुख्य सचिव सुमनराज अर्यालले मातहतका कार्यालय तथा निकायलाई परिपत्र गरेका छन्। 

बिहीबार मुख्य सचिवको सचिवालयले सबै मन्त्रालय, आयोग र कार्यालयका सचिवलाई परिपत्र गरेर भ्रष्टाचारजन्य कार्य नियन्त्रणका लागि पहलकदमी लिन सचेत गराएका छन्। सरकारले सुशासन र सदाचारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसैअनुसार काम गर्न भनिएको छ। 

पत्रमा भनिएको छ, ‘मन्त्रालय, आयोग, कार्यालय र मातहतका निकायबाट हुने सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा सार्वजनिक पद तथा अधिकारको दुरुपयोग गरी हुने गरेको भ्रष्टाचारको अन्त्य गरी नागरिकले अनुभूति गर्ने स्तरमा सुशासन र सदाचार कायम गर्न सम्बन्धित सबै निकायले आवश्यक पहलकदमी लिन आवश्यक छ।’

यसका लागि सम्बन्धित कार्यालय प्रमुखलाई जिम्मेवार हुन आग्रह गरिएको छ। ‘सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय/कार्यालय प्रमुखलाई नै प्रारम्भिक रुपमा जिम्मेवार बनाइने भएकोले सोही बमोजिम गर्ने गराउने व्यवस्थाका लागि समेत अनुरोध छ,’ पत्रमा भनिएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad