कारोबार


नेपाल आइरहेको एलपीजी ट्यांकरबाट ग्यास लिक भएपछि भारतीय राजमार्गमा रातभर तनाव

नेपाल आइरहेको एलपीजी ट्यांकरबाट ग्यास लिक भएपछि भारतीय राजमार्गमा रातभर तनाव

नेपालखबर
चैत १९, २०८२ बिहिबार १२:१८, काठमाडौँ

१७ टन एलपी ग्यास लिएर नेपाल आइरहेको ट्यांकरबाट भारतको लखनऊ–अयोध्या राजमार्गमा अचानक ग्यास चुहावट भएपछि तनाव सिर्जना भएको छ।

दैनिक जागरणका अनुसार ट्यांकरको भल्भ निस्किएपछि यस्तो भएको बताइएको छ। पछि दमकलको सहायतामा पानी र फोम तथा भल्भलाई काठको सहयोगमा बन्द गर्न खोजे पनि असफल भएपछि बंथरा प्लान्टबाट भारत पेट्रोलियमको टोलीलाई बोलाइएको थियो।

सो राजमार्गमा अन्य सवारीसाधनलाई डाइभर्ट गर्नुपरेको दैनिक जागरणले उल्लेख गरेको छ।

यो बुधबारको घटना हो। कोतवाली नगरनजिकै ओभरब्रिजको सर्भिसलेनमा यो घटना भएको बताइएको छ। साँझ ६ बजे ग्यास चुहावट भएपछि चालकले केही पर सुरक्षित स्थानमा लगेर ट्यांकर रोकेका थिए।

अनेक प्रयासका बीच चुहावट रोक्न नसकेको बताइएको छ। राति ८ बजेसम्म ग्यास लिक भइरहेको थियो। ट्यांकरले लखनऊको बन्थरा प्लान्टबाट एलपी ग्यास लिएर नेपाल आउनलागेको थियो।

ग्यास लिक नरोकिएपछि गए रातैभर उक्त राजमार्ग बन्द भएको जनाइएको छ। उक्त ग्यास अर्को ट्यांकरमा हाल्नुपरेको समाचारमा जनाइएको छ।

रातभरि ग्यास लिए भएपछि सुरक्षालाई ध्यान दिँदै प्रशासनले हाइवे बन्द गरेको र सवारीसाधनलाई अर्को बाटोबाट डाइभर्जन गरिएको बताइएको छ। यसले राजमार्गमा व्यापक सवारी जाम भएको थियो।

यो ट्यांकरमा १७ टन एलपी ग्यास थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad