कारोबार


गभर्नर पौडेललाई प्रधानमन्त्रीको ढाडस, भने– स्वतन्त्र भएर नडराई काम गर्नू

गभर्नर पौडेललाई प्रधानमन्त्रीको ढाडस, भने– स्वतन्त्र भएर नडराई काम गर्नू

नेपालखबर
चैत १७, २०८२ मंगलबार १३:५४, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहले गभर्नर डा. विश्वनाथ पौडेललाई स्वतन्त्र रुपमा नडराई काम गर्न भनेका छन्। 

राष्ट्र बैंकका एक अधिकारीका अनुसार सोमबार प्रधानमन्त्री र गभर्नरबीच भेटवार्ता भएको थियो।

भेटमा देशको आर्थिक अवस्था सुधारका बारेमा कुराकानी भएको थियो। सम्पत्ति शुद्धीकरण नियन्त्रणमा कडा कदम चाल्न प्रधानमन्त्री शाहले गभर्नर पौडेललाई भनेका थिए। 

आर्थिक विकासमा राष्ट्र बैंकका सुझावहरु चाहेको प्रधानमन्त्रीले गभर्नरलाई सुनाएका थिए। त्यसैगरी इरान द्वन्द्वले नेपालको अर्थतन्त्रमा पार्न सक्ने असर अध्ययन गरी सोही अनुसार तयार रहन प्रधानमन्त्रीको आग्रह थियो। 

गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान पार्ने, सार्वजनिक वित्त सुधारलगायतबारे समाधानका उपायहरु सुनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad