कारोबार


मुस्ताङ हेलिकप्टर भेटियो, लाप्चानजिकै सुरक्षित अवतरण

मुस्ताङ हेलिकप्टर भेटियो, लाप्चानजिकै सुरक्षित अवतरण

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १७:४१, काठमाडौँ

शुक्रबार मध्याह्नदेखि सम्पर्कविहीन मुस्ताङ हेलिकप्टरको एउटा हेलिकप्टर सुरक्षित अवतरण गरेको अवस्थामा भेटिएको छ। 

कम्पनीका प्रबन्धनिर्देशक एवं सञ्चालक ईश्वर लामिछानेले बिगु गाउँपालिकास्थित लुम्राङमा सुरक्षित अवतरण गरेको बताएका छन्।  

९एन-एएनओ कलसाइनको उक्त हेलिकप्टर सम्पर्कविहीन भएको भन्दै खोजी भएको थियो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले पनि लाप्चा गुम्बानजिकै सुरक्षित अवतरण गरेको जानकारी आएको बताए। 

हेलिकप्टरमा ५ जना यात्री र १ क्याप्टेन थिए। उनीहरु सबै सुरक्षित रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad