कारोबार


राजस्व अनुसन्धान विभाग खारेज गर्ने अर्थमन्त्री वाग्लेको पहिलो निर्णय

१५ ऐन खारेज गर्ने, चुनावी वाचा कार्यान्वयनको योजना बनाउने
राजस्व अनुसन्धान विभाग खारेज गर्ने अर्थमन्त्री वाग्लेको पहिलो निर्णय

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १४:१५, काठमाडौँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीको शपथ खाएलगत्तै सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्। 

पहिलो निर्णय नै उनले राजस्व अनुसन्धान विभाग खारेज गर्ने गरी गरेका छन्। 

उनले तीनवटा निर्णय गरेका हुन्। यसअनुसार पहिलोमा चैत १२ सम्मको आर्थिक स्थितिपत्र तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १ सय दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेका छन्। 

त्यसैगरी उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजस्व अनुसन्धान विभागलगायत १५ वटा ऐन खारेज गर्ने दोस्रो निर्णय छ। 

त्यसैगरी निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै बृहत् आर्थिक कानुनी सुधारको मार्गचित्र बनाउने तेस्रो निर्णय छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad