आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ।
यही चैत ११ मा बसेको सञ्चालक समिति बैठकले आगामी साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउने गरी १५ प्रतिशत लाभांशको प्रस्तावमा निर्णय गरेको हो।
यसअनुसार गत असारसम्म कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरी प्रस्ताव गरिएको छ।
लघुवित्तको चुक्ता पुँजी ७ करोड ८३ लाख ४३ हजार २ सय ८१ रुपैयाँ ५० पैसा छ। यसबाट १४.२५ प्रतिशत अर्थात् १ करोड ११ लाख ६३ हजार ९ सय १७ रुपैयाँ ६१ पैसाबराबरको बोनस सेयर र त्यसका लागि लाग्ने कर समेत गरी ५ लाख ८७ हजार ५ सय ७४ रुपैयाँ ६१ पैसा नगद लाभांश सेयरधनीले पाउनेछन्।
33
Shares

प्रतिक्रिया