कारोबार


२४ अंकले घटे पनि १५ अर्बको सेयर किनबेच, उत्पादन र व्यापार मात्रै हरियो

२४ अंकले घटे पनि १५ अर्बको सेयर किनबेच, उत्पादन र व्यापार मात्रै हरियो

नेपालखबर
चैत ११, २०८२ बुधबार १५:९, काठमाडौँ

सेयरबजार आज २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा झरेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार बजार ०.८२ प्रतिशतले घटेको हो। 

दिनभरिमा ३ करोड ५८ लाख कित्ता बिक्रीपछि कुल १५ अर्ब ९ करोडको कारोबार भएको छ। यस दिन ४५ वटा सेयरको मूल्य बढ्दा २१३ वटाको घटेको र ७ वटाको अघिल्लो मूल्यमै खरिदबिक्री भएको छ। 

आज रिलायन्स स्पिनिङ मिल्सको र सुपर खुदी हाइड्रोपावरको सेयरमा सर्किट ब्रेक लाग्दा सेयरधनीले प्रतिकित्ता १६६.३० र ३० रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक सोलु हाइड्रो, भुजुङ हाइड्रो र होटल फरेस्ट इनका लगानीकर्ताले पनि ९.९९ प्रतिशत कमाएका छन्। 

तर अभियान लघुवित्त, सालपा विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र महुली लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन्। यी सेयरधनीले अधिकतम ७.७४ प्रतिशत प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। 

कारोबारमा आज ङादी ग्रुप पावर, अपि पावर, शिवम् सिमेन्ट, सुपर मादी हाइड्रोपावर र एसवाई प्यानलको क्रमशः ५२ करोड, ५१ करोड, ४७ करोड, ४६ करोड र ४४ करोडको कारोबार भएको छ। 

नेप्सेका अनुसार बुधबार उत्पादन समूह ०.४८ प्रतिशतले र व्यापार ३.४५ प्रतिशतले उकालो लागे पनि बाँकी सबै ओर्लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad