कारोबार


निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छ: भवानी राणा

निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छ: भवानी राणा

नेपालखबर
चैत ९, २०८२ सोमबार २०:१३, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रका व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन्।

महासंघको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले व्यवसायीहरूबीच एकता (सोलिडारिटी) भए मात्र सरकारले निजी क्षेत्रको आवाज सुन्ने र महत्व दिने बताएकी हुन्।

उनले  वर्तमान सरकारले निजी क्षेत्रलाई ‘ड्राइवीङ फोर्स’ को रूपमा लिएर ५ वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउने लक्ष्य राखेको स्मरण गराउँदै यो लक्ष्य उद्योग, रोजगारी, उत्पादन र निर्यात बढेमा मात्र सम्भव हुने उल्लेख गरिन्।

उनले भनिन्, ‘हामीमा पनि भिन्नता भयो र अलग–अलग बाटोमा गयौँ भने सरकारले हामीलाई कमजोर पक्षको रूपमा हेर्छ। त्यसैले हामी सबै व्यवसायी एकीकृत भएर सोलिडारिटीका साथ अगाडि बढौँ। यो टिम एउटा बलियो टिम हो। उनीहरूले जिल्लाका समस्याहरूलाई नीतिगत तहसम्म पुर्‍याउन र वस्तुगत क्षेत्रका एजेण्डाहरूलाई अगाडि बढाउन सक्षम छन्।’ 

उनले आगामी दिनमा महासंघलाई अझ सशक्त रूपमा अगाडि बढाउन यो टिमको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad