कारोबार


अर्थविद् केशव आचार्यको निधन

अर्थविद् केशव आचार्यको निधन

नेपालखबर
चैत ९, २०८२ सोमबार १४:३९, काठमाडौँ

अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ। 

केही दिनयता अस्वस्थ रहेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो। 

उनी नेपालको आर्थिक नीतिनिर्माणमा चासो राख्ने तथा समालोचनात्मक विश्लेषण राख्ने गर्थे। 

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएपछि उनले नेपालको अर्थतन्त्रको सूक्ष्म विश्लेषण तथा अध्ययन अनुसन्धानमा सक्रिय रहेका थिए। 

आचार्य २०३४ सालमा राष्ट्र बैंकमा प्रवेश गरेको उनका सहकर्मी तथा पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्री बताउँछन्। 

क्षेत्रीले भने, ‘म उहाँलाई दुई पटकसम्म  भेट्न अस्पताल पनि गएको थिएँ, मिराकल हुने आशा गरेका थियौँ तर दु:खद खबर पायौँ।’ 

उनका अनुसार आचार्यकी छोरी अमेरिकामा रहेकी छिन्। छोरी आइसकेपछि मात्र दाहसंस्कार हुनेछ। 

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएकोमा सोमबार निधन भएको हो। 

उनका श्रीमती, एक छोरा र छोरी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad