त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।
सेन्टरले आज सूचना जारी गर्दै क्लिनिकल रजिष्ट्रार (एनेस्थेसियोलोजी) १ जना, क्लिनिकल रजिष्ट्रार (रेडियोलोजी) १ जना, मुख्य प्राविधिक सहायक (बायोमेडिकल) १ जना, प्राविधिक सहायक (बेल्डर) १ जना, प्राविधिक सहायक (सिकर्मी) १ जना र केही हाउस अफिसरका लागि दरखास्त आह्वान गरेको हो।
उनीहरूलाई अस्थायी दरबन्दीमा आन्तरिक स्रोतबाट तलब, भत्ता बेहोर्नेगरि करार सेवामा छनोट गर्न लागिएको अस्पतालले जनाएको छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि यही चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् छ।
हेर्नुहोस् सूचना

75
Shares

प्रतिक्रिया