कारोबार


टाटाको स्प्रिङ एक्सचेन्ज क्याम्प सुरु, पुरानासँग नयाँ टाटाको गाडी साट्न सकिने

टाटाको स्प्रिङ एक्सचेन्ज क्याम्प सुरु, पुरानासँग नयाँ टाटाको गाडी साट्न सकिने

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १२:४४, काठमाडौँ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले शुक्रबारदेखि यही चैत ८ गतेसम्म स्प्रिंग एक्सचेन्ज क्याम्प कार्यक्रम सुरु गरेको छ।

अफरअन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेन्जका गाडी लिन सकिने कम्पनीले जानकारी दिएको छ।

यो अवधिमा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडी साँट्न सकिनेछ। यो कार्यक्रम टाटा मोटर्सका देशभरका शोरुमहरूमा आयोजना हुनेछ।

स्प्रिंग एक्सचेन्ज क्याम्प योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडान साथै हरेक बुकिङमा आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। बम्पर लकी ड्रमा आइफोन १७ प्रो पनि जित्न सकिनेछ।

यस्तै, सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइन भएका उत्पादनहरू अवलोकन गर्न र टेष्ट ड्राइभ गर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad