कारोबार


चैत ५ देखि भृकुटीमण्डपमा ‘२७औँ फ्लोरा एक्स्पो’ हुँदै

चैत ५ देखि भृकुटीमण्डपमा ‘२७औँ फ्लोरा एक्स्पो’ हुँदै

नेपालखबर
चैत २, २०८२ सोमबार १५:२, काठमाडौँ

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘२७औँ फ्लोरा एक्स्पो २०८२’ आयोजना हुने भएको छ। 

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराइएको हो। एक्स्पो चैत ५ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ।

‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यो प्रदर्शनी हुन लागेको हो।

आयोजककाअनुसार एक्स्पोमा व्यावसायिक स्टल ६५, अफिसियल स्टल ११, प्रतिष्पर्धात्मक स्टल २, फुड स्टल २ लगायत गरी जम्मा ८३ वटा स्टलहरू रहनेछन्। मेलामा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कृषि औजार, मलखाद, तथा आधुनिक पुष्प खेती प्रविधिका सामग्रीहरू प्रदर्शन तथा विक्रीका लागि राखिनेछन्।

चार दिनसम्म चल्ने यस मेलालाई करिब ६० हजार दर्शकले अवलोकन गर्ने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ। मेलाको मुख्य आकर्षणका रूपमा विभिन्न विधामा पुष्प व्यवसायीहरूबीच प्रतिष्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने कार्यक्रम रहेको फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक राबहादुर तामाङले बताए। 

उनकाअनुसार मेला स्थलमा बोटबिरुवामा लाग्ने रोग तथा कीराहरूको निदान र स्वास्थ्य परीक्षणका लागि विशेषज्ञसहितको ‘प्लान्ट क्लिनिक’ समेत सञ्चालन गरिनेछ। सामाजिक उत्तरदायित्व अन्तर्गत चैत ६ गते शुक्रवार मेला स्थलमै रक्तदान कार्यक्रम पनि आयोजना गरिने फ्यानका उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिए। 

पुष्प व्यवसायको कारोबार घट्यो, आयातमा पनि भारी कमी
हाल ५२ जिल्लाको २ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको यो व्यवसायमा ८ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको छ भने ५३ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन्।

यद्यपि, देशको कमजोर आर्थिक अवस्था र नीतिगत समस्याका कारण यस वर्ष आ.व. २०८१/८२० पुष्प व्यवसायको वार्षिक कारोबार घटेर ३ अर्ब ३७ करोडमा सीमित हुने अनुमान गरिएको छ। जुन अघिल्लो वर्ष ३ अर्ब ६८ करोड थियो।

समग्र कारोबार घटे पनि विदेशी फूलको आयातमा भने भारी कमी आएको छ। अघिल्लो वर्ष २७ करोड ७९ लाखको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४।२७ प्रतिशतले घटेर १२ करोड ७० लाखमा झरेको छ।

त्यस्तै, निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कलाई उद्धृत गर्दै फ्यानले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad