आज सुनको मूल्य थोरै बढेको छ। तर, चाँदीको मूल्य भने आज पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ बढेर तीन लाख नौ हजार पाँचसय रुपैयाँ पुगेको छ।
हिजो तोलामा ४८ सय रुपैयाँ घटेर सुनको भाउ तीन लाख नौ हजार चारसय रुपैयाँमा झरेको थियो।
यसअघि गएको बिहीबार र शुक्रबार पनि सुनको मूल्य तोलामा ४८ सय रुपैयाँ घटेको थियो।
गएका तीन दिनमा सुनको भाउ तोलामा नौ हजार ६ सय रुपैयाँ घटेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
चाँदीको मूल्य भने आज पनि घटेको छ। तोलामा ५ रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको पाँच हजार २ सय ६५ रुपैयाँमा झरेको छ।
हिजो चाँदीको भाउ तोलामा २२५ रुपैयाँ घटेको थियो।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
Shares

प्रतिक्रिया