कारोबार


नेपाल र भारतबीच विद्युत् खरिद दरमा सहमति, कति तोकियो?

नेपाल र भारतबीच विद्युत् खरिद दरमा सहमति, कति तोकियो?

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १७:४६, काठमाडौँ

नेपाल र भारतबीच भएको पावर एक्सचेन्ज कमिटी (पीईसी) बैठकले विद्युत् खरिद दरमा सहमति गरेको छ। 

बैठकले पीईसीमार्फत खरिद गर्ने बिजुलीको महशुल दर डेढ प्रतिशत बढाउने सहमति गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार पीईसीमार्फत हुने बिजुली खरिदबिक्रीको अवधि पनि एक वर्ष थप्ने निर्णय भएको छ।

नेपालले भारतको आईएक्सको डेअहेड र रियल टाइम मार्केटबाट खरिद गर्दै आएको बिजुलीको अनुमति आगामी चैत १७ गते सकिंदै छ। यसलाई भारतले नवीकरण गर्न बाँकी छ। भारतबाट हाल नेपालले दैनिक ३ सय मेगावाट बिजुली आयात गरिरहेको छ। 

यो सहमतिपछि अब प्राधिकरणले प्रतियुनिट ८.२२ रुपैयाँ तिर्नुपर्नेछ। यो सहमति प्राधिकरण बोर्ड बैठकको अनुमोदन र विद्युत् नियमन आयोगको स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ। 

बिहीबारको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, अर्थ मन्त्रालयका अधिकारीहरु सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad