कारोबार


दोहा र दमाममा पनि बुधबार उडान गर्दै वायुसेवा निगम

दोहा र दमाममा पनि बुधबार उडान गर्दै वायुसेवा निगम

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १७:८, काठमाडौँ

नेपाल वायुसेवा निगमले पश्चिम एसियामा चर्किँदो द्वन्द्वका बीच यात्रुलाई सहजीकरणका लागि उडान भर्ने भएको छ। 

दुबईसहित बुधबार निगमको जहाज कतारको दोहा र साउदी अरेबियाको दमाममा पनि उडान भर्न लागेको हो। 

बुधबार दोहा र दमाम जाने जहाज बिहीबार काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ। 

दुबई, दोहा र दमाममा हुने आगामी उडानबारे निगमको सूचनाअनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्न यात्रुलाई अनुरोध गरिएको छ। 

थप जानकारीको लागि निगमको वेबसाइट वा अत्यावश्यक सोधपुछका लागि ८८५१२७३४५९ र ९८५१४२२१५६ मा सम्पर्क गर्न सकिने निगमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad